Tuesday, June 2News That Matters

चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन्

पूर्णपुष्टि, माघ २३
उदयपुरमा चौदण्डीगढी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिवार उद्घाटन भएको छ । भवनको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेको छ ।

मन्त्री खड्काले भवनको उद्घाटन सँगै १५ शैय्याको आधारभूत स्वास्थ्य भवनको समेत सिल्यान्यास गरेको छ । भवन उद्घाटनपछि आइतबारदेखि औपचारिक रूपमा कार्यालय सञ्चालनमा आउने भएको छ । यसअघि नगरपालिकाले तत्कालीन बेलटार गाउँविकास समितिको जिर्ण कार्यालयबाट सेवा प्रदान गर्दै आएको थियोे ।

१३ महिनाअघि वल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको थियो । १५ शैय्याको नगर अस्पतालको भने ओमबुद्ध चेन्जिङ ग्याल्वा निर्माण कम्पनीले १२ करोडमा निर्माण गर्ने ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा १ नं। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीको पनि उपस्थिती रहेको थियो ।