Sunday, July 5News That Matters

चौदण्डीगढी नगरपालिकाद्धारा नश्ल सुधार गर्न ३५ कृषक समुहलाई बिउ बोका वितरण

 

पूर्णपुष्टि, असार ४ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले ३५ कृषक समुहलाई बाख्रामा नश्ल सुधारका लागी उन्नत जातको बिउ बोका वितरण गरेको छ । नगरपालिकाले कृषि र पशुपालनबाट नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रामा नश्ल सुधार गर्न सुरु गरेको हो ।

नगरपालिकाको कृषि विकास शाखाका अनुसार नश्ल सुधारका लागि सिरोही, बिटल, अजमेर र सोजत जातको उन्नत बिऊ बोका बितरण गरिएको छ । उन्नत जातको बोकाबाट उत्पादन हुने पाठापाठी नश्ल सुधार हुँदै गए ७० देखि १ सय किलो सम्मको हुने जनाईएको छ ।

चौदण्डीगढीका मेयर कालु लामाले कृषक समुहलाई विउ बोका हस्ताण्तरण गर्नु भएको थियो । नगरपालिकाले आगामी १० वर्ष भित्रमा कृषि र पशुपालनबाट आत्म निभर भई आयत प्रतिस्थापन गर्ने नीति लिएको मेयर लामाले बताए । नगरपालिकाले अन्तराष्टिय साझेदार संस्था हेफर इन्टरनेशनल र स्थानीय संस्था विकास सहजिकरण संजाल डिफानसँग सम्झौता गरेर कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको छ ।