
पूर्णपुष्टि, १५ जेष्ठ ।
चौदण्डीगढी नगरपालिकामा ४ दिने हेफर आधारशिल तालिम १० ओटै वडामा सम्पन्न भएको छ । करिब ३५ ओटा समुह रहेको चौदण्डीगढीमा ८७५ जना महिलाहरुलाई तालिम प्रदान गरिएको हो । चौदण्डीगढी नगरपालिका र हेफर नेपालको आर्थिक तथा प्राविधिक सहयोग र विकास सहजीकरण संञ्जाल उदयपुरको आयोजनामा केहि समय अघि देखी चौदण्डीको बिभिन्न वडामा तालिम संञ्चालन गरिएका थिए । अन्तिम तालिमको समापन चौदण्डी ६ बेल्टारमा गरिएको संञ्जालका अध्यक्ष चन्द्रमणी गुराईले बताए ।
गुरागाईका अनुसार बृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना सदस्यहरुलाई उक्त तालिम उपलब्ध गराईएको जनाए । उनले यस कार्यक्रमबाट मुख्य तिन ओटा माछामासु, तरकारी र दुग्ध उत्पादनलाई जोड गर्दै नगरको स्वास्थ्य, शिक्षा र रोजगार जस्ता कुराहरुलाई उकास्ने जनाए । उत्पादनले समुदायमा आर्थिक भित्राउने र सोही आर्थिकले नगरलाई समृद्ध तर्फ उन्मुख गर्ने गुरागाईले बताए ।
यस्तैगरी संस्थाका प्राविधिक सहयोगी राज कुमार राईले यस तालिम सिकेर तत्काल ब्यवहारमा लागु गर्न अनुरोध गरे । तालिमले सिप सिकायो अब यसलाई कार्यन्वयन गर्ने बित्तिकै आम्दानीको बाटो खुल्ने राईले जनाए । यसले किसानहरुलाई थप प्राविधिक सहयोग र ज्ञान दिने हुँदा पशु तथा कृषिको अवस्थालाई थप बढुवा दिन सक्ने जनाए ।
संञ्जालकी चौदण्डीगढी नगरपालिका लेखा अधिकृत सिमा राईले ६ नं वडामा रहेका साना तथा उद्यमशिल कृषकहरुले तालिममा उत्साहका साथ सहभागी जनाएको बताईन् । राईका अनुसार २५ जना महिलाहरुलाई तालिममा सहभागी गराईएको र उनिहरुलाई तालिमको उदेश्य अनुरुप प्रष्ट सिकाईएको जनाईन् । उनिहरुलाई कृषि तथा पशुपालनमा सहज र ब्यवसायीक बनाउन तालिमको महत्वपूर्ण भुमिका रहेको जनाईन् ।
तालिममा सहभागी एक सदस्यका अनुसार तालिम लिनु भन्दा पहिले आफुलाई कृषि तथा पशुपालन क्षेत्रमा निकै अनबिज्ञ महसुस भएको सुनाईन् । अहिले तालिम पश्चात यस क्षेत्रमा क्षतीलाई कम गर्दै आम्दानी बढाउन सकिन्छ भन्ने आस लागेको बताईन् ।
तालिममा सहभागी अन्य सदस्यहरुले बाख्रा पालन क्षेत्रमा थप जानकारी बढेको जनाईन् । तालिमको क्रममा आफुले गरिरहेको पेशा हचुवामा भैरहेको बुझ्नमा आएको उनिहरुले बताईन् । बाख्रा पालनका लागि खोर सुधार, घाँसको व्यवस्थापन, औषधी उपचार, रोग पत्ता लगाउने र सुईहरु लगाउने जस्ता प्राविधिक कुरा सिक्दा व्यवसायलाई सफल बनाउन सहयोग पुग्ने जनाईन् ।
उनिहरुले त्यस बाहेक पनि दिगोपन र आत्मानिर्भरता, मिलिजुली स्याहार बाँडीचुडी उपभोग, उत्तरदायीत्व, लैंगिक र पारिवारक केन्द्र जस्ता धेरै ब्यवहारिक कुराहरु सिक्न सफल भएको जनाईन् । तालिमलाई सिर्जना खड्का, लक्ष्मी बिष्ट र फुलन चौधरीले सहजीकरण गरेका थिए ।

