Thursday, May 28News That Matters

चौदण्डीगढीमा डोलेश्वर मन्दिर उद्घाटन

राजेन्द्र दुष्ट

बेल्टार/फागुन ९

चौदण्डीगढी नगरपालिकाको ४ नं. वडा स्थित ऐतिहासिक तीनदोभाने परिसरमा डोलेश्वर शिवालय मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीले संयुक्तरुपमा शुक्रबार उद्घाटन गरेका छन् ।  महाशिवरात्रीको अवसर पारेर नवनिर्मित मन्दिरको उद्घाटन गरिएको हो ।

प्रमुख राईले मन्दिर उद्घाटन गर्दै भने, “धर्मको नाममा हालसम्म रहेको विकृती र विसङ्गतिलाई परित्याग गरी इमान्दारी नैतिकवान र कर्तव्यनिष्ठ नागरिक बने मात्र पवित्र मठ मन्दिरहरुको संरक्षणगरेको महत्व रहने छ ।” नगरप्रमुख राईले ऐतिहासिक क्षेत्रको रुपमा रहेको तीन दोभानेलाई विशेष पर्यटकीय तथा धार्मिक स्थलकोरुपमा घोषणा गरेकोले यो ठाउँलाई व्यवस्थित गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जाहेर गरेका छन्  ।

निकै पुरानो पहिचान बोकेको त्यस क्षेत्रको प्रचारप्रशार नभएका कारणलेपनि ओझेलमा परेकोले आगामी दिनमा सशस्तरुपमा प्रचारप्रशार गनुपर्ने उपप्रमुख रिताकुमारी चौधरीको भनाई थियो । सो क्षेत्रमा विभिन्न देवीदेवताहरुको मन्दिरहरु रहेको छ भने प्रत्येक साल उधौली उभौलीमा पुजापाठगरी धुमधामसंगले साकेला नाच्ने गरेको स्थानीय समाजसेवी तथा राजनितिककर्मी खेम राईले जानकारी दिए । कार्यक्रममा वडाध्क्षहरु ४ र ८ का चरणकुमार राई र श्यामकुमार खपांगी मगर लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।