Sunday, May 17News That Matters

चौदण्डीगढीमा विश्वस्तनपान सप्ताहको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

पूर्णपुष्टि, साउन १८

विश्वस्तनपान सप्ताह २०७८ को उपलक्ष्यमा चौदण्डीगढी नगरपालिकास्थित सेढाई बन्धु बसपार्क बेल्टारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईद्धारा रतmदान गर्दै उद्घाटन गरिएको कार्यक्रममा  ३८ जनाले रक्तदान गरेको आयोजक लायन्स क्लव अफ चौदण्डीगढी उदयपुरका अध्यक्ष पवन कार्किले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले कोरोना महामारीको विशम परिस्थितिमा अस्पतालहरुमा रगतको अभाव भैइरहेको बेला  रक्तदान कार्यक्रमको आयोजना गरेकोमा रतmदाता र आयोजकलाई धन्यवाद दिएका छन् ।

स्तनपान सम्बन्धी जनचेतना तथा प्रचारप्रसारसहित लायन्स क्लव अफ उदयपुर चौदण्डीगढीको आयोजना, चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईद्धारा स्वच्छ तथा वातावरण मैत्री समाज निर्माणमा योगदान पुर्याउन नगरवासीमा अनुरोध गर्दै उदयपुर कोभिड १९ अस्पतालमा आजै बृक्षा रोपन कार्य सम्पन्न गरेको छ ।

सब डिभिजन बन कार्यालय बेल्टारबाट प्राप्त आँप, लिच्चि, अशोकसहित ३ सय विभिन्न प्रजातिका विरुवा रोपन कार्य भएको नगर उप प्रमुख रिता कुमारी चौधरीले बताए ।

नगरभित्र बढिरहेको कोरोनाको अवस्थालाई मध्यनजर गर्दै विश्व वातावरण दिवसको अवसरमा जेष्ठ २२ गते शुरु गरिएको बृक्षा रोपन कार्य केहिदिन भने  रोकिएको  थियो ।

नगर प्रमुख,उप प्रमुख,सब डिभिजन बन कार्यालयका प्रमुख,नगर शाखाका प्रमुखहरु,स्थानिय समाजसेविहरुको उपस्थितिमा उतm कार्यक्रम सम्पन्न भएको हो ।