Friday, May 22News That Matters

च्याम्पियन्स लिगमा लियोनको जित

पूर्णपुष्टि, साउन ३२

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लियोन प्रवेश गरेको छ । राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–१ गोलले पछि पार्दै लियोन लिगको सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको २४ औं मिनेटमा कोर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । ६९ औं मिनेट म्यानचेस्टर सिटीका डि ब्रयोनले गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो ।

डेम्बेलेले ७९ र ८७ मिनेटमा गोल गरेपछि लियोन जित हात पारेको थियो । योसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

अब पहिलो सेमिफाइनलमा पर्सि राति आरबी लेइप्जिग र पेरिस सेन्ट जर्मेन खेल्नेछन् भने बुधबार राति लियोन र बार्यन म्युनिखबीच प्रतिस्पर्धा हुनेछ ।

लिगको उपाधिको लागि अर्को आइतबार राति खेल हुनेछ ।