Sunday, June 28News That Matters

छतबाट खस्दा २ बर्षीय बालकको मृत्यु

पूर्णपुष्टि,फागुन ५

सप्तरीमा छतबाट खसेर एक जना बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–१० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

बालक छतबाट खस्दा गम्भिर घाईते भएका थिए । घाइते बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।