
पूर्णपुष्टि, चैत ०९ ।
गएरातीको वर्षातसहितको हुण्डरीपानीले उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा एक घरको छानो उडाउदा ८० बराबरको क्षती भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार लालपत्तका कृष्णप्रसाद ढुंगानाको टिनले छाएको घरको छानो उडाउदा उक्त क्षती भएको हो ।
गाइघाटको विभिन्न टोलका टिन र फुसले छाएका घर, डटराहरुको छानो पनि उडाएको स्थानीयले बताएका छन् । साथै विभिन्न ठाउँमा विजुलीको पोल भाँचिएकाले विद्युत अवरोध भएको पनि जनाइएको छ । जिल्लामा घरहरुमा क्षतीको अन्य रिपोर्ट भने आइनसकेको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी बर्षातसहितको चट्याङ लागेर एकजना घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका ५ दमौटीमा राती परेको चट्याङले २७ वर्षिया सुस्मा मगर घाइते भएकी हुन् । घरमा सुतिरहेको बेला चट्याङ लागेर घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । उनको हात र अनुहारमा चोट लागेको छ । उनको स्वस्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जनाएको ।
