Saturday, April 18News That Matters

छैठौं वडा कपको उपाधि राई टाेललाई

सुनिल राई, गाईघाट ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहामा सम्पन्न छैठौं वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि राईटाेलले जितेको छ । बिहिबार बगाहाको खेलमैदानमा भएको फाईनल खेलमा आयोजक बगाहा युवा समूहलाई ० गोलको विरुद्ध २ गोल गर्दै राईटाेलले उपाधि चुमेको हो ।

खेलको सुरुवाती ५ औँ मिनेटमा जर्सी नम्बर ११ का अबिनव राईले गोल गर्दै राई टाेललाई अग्रता दिलाएका थिए भने खेलको अन्तिम औँ मिनेटमा जर्सी नम्बर ९ का (कप्तान) लाेकिन राईले राई टोलका लागि दोस्रो गोल गरे ।

उपाधि विजेता राइटोलले नगद रु. २५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे भने उपविजेता बगाहा युवा समूहले नगद रु १५ हजार सहित ट्रफी र मेडलमा चित्त बुझायो ।यस खेलको म्यान अफ द म्याच राई टोलका जर्सी नम्बर ११ का अबिनव राई बने ।

त्यस्तै बगाहा युवा समूहका जर्सी नम्बर ७ का विप्लव कटुवाल प्रतियोगिता भर ५ गोल गर्दै उच्च गोलकर्ता बन्न सफल भए भने बगाहा युवा समूहका जर्सी नम्बर १४ का सनम चौधरी प्लेयर अफ द टुर्नामेन्ट बने । उनीहरूले नगद रु १-१ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे ।