Saturday, August 8News That Matters

छोरा हत्या गरेको आरोपमा बाबु पक्राउ

पूर्णपुष्टि, असार ५ गते ।

रुपन्देहीमा आफ्नै छोरालाई हत्या गरेको आरोपमा बाबु पक्राउ परेको छ । तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले ८ वर्षीय बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयको आरोप रहेको प्रहरीले जनाएको छ ।

गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले विरोध जनाउँदै परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ । आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको जनाईएको छ ।

आरोपित परियारले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको बयान दिएको प्रहरीले जनाएको छ ।