Tuesday, April 21News That Matters

छोराको कुटाईबाट बुबाको ज्यान गयो

पूर्णपुष्टि, साउन ११

छोराको कुटपिटबाट बुबाको ज्यान गएको छ । इलाम देउमाई नगरपालिका–२ पुङफुङ का ८५ वर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट ज्यान गएको हो ।

गत श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए । घाईतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे ज्यान गएको जिल्ला प्रहरी कार्याल इलामले जनाएको छ ।

कुटपिट गर्ने गिर्जमानलाई प्रहरीले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ ।