Saturday, April 18News That Matters

जंगली च्याउ खाँदा ४ जना विरामी

ताप्लेजुङ, भदौ १४ गते ।

ताप्लेजुङको मेरिङदेनमा जंगली च्याउँ खाएर चार जना विरामी परेका छन् । मेरिङदेन गाउँपालिका – २ सानथाक्राका एक परिवारको तीन जना र ४ नम्बरको एक जना विरामी परेको हो ।

घर नजिकै उतिसको ठुटामा पलाएको च्याउ खाँदा ५५ वर्षीय पूर्णबहादुर कामी, उनको श्रीमती ५३ वर्षीय दिलमया कामी, उनको छोरा १८ वर्षीय तेजब कामी र ४ नम्बर वडा निबासी १७ वर्षीय पूर्णबहादुर लिम्बु विरामी परेको प्रहरीले जनाएको छ ।

विरामीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।