Monday, June 29News That Matters

जंगली च्याउ खाएर ३ जना बिरामी

झापा, असार ४ गते । 

झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाएर एकै घरका ३ जना बिरामी भएका छन् ।

बुधवार बिहानको खाना संगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, निजको छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् ।

बिरामी भएका तिनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।