Tuesday, April 21News That Matters

जंगली च्याउन खाएर बाबु–छोरा बिरामी, अन्धविश्वासको कारण समयमा उपचार नपाउदा गुम्यो ज्यान

पूर्णपुष्टि, साउन १०

जंगली च्याउ खाएर इलाममा बाबु छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका–१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । बिरामी परेपछि दुई÷तीन दिन घमै राखेर धामी झाक्री लगाएका थिए । पछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन सक्दैन भने पछि घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जंगली विषालु च्याउको तरकारी खाएरै उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार च्याउको तरकारी बाबु छोराले मात्र खाएका थिए । लिम्बुका श्रीमती र बुहारीले नखाएका कारण उनीहरु सकुसल रहेका छन् । बेलैमा उपचार नपाएर धामीझाँक्रीको अन्धविश्वासका कारण बाबु–छोराको ज्यान गएको प्रहरीको भनाई छ ।