Monday, May 4News That Matters

जंगली हात्तीले किचेर झापामा एक वृद्धाको मृत्यु

पूर्णपुष्टि, असार १८ । झापामा आज बिहान जंगली हात्तीले किचेर एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० मा पूजाको लागी फूल टिप्न हिँडेकी ८० बर्षीय पन्नादेवी साहलाई सडकमा हात्तीले किच्दा मृत्यु भएको वडा नं १० का वडाध्यक्ष नारायण खनालले बताए ।

वडाध्यक्ष खनालका अनुसार एक वर्ष अघिदेखि छोरीको घरमा बस्दै आएकी सिलगुढी निवासी साहको आज बिहान हात्तीले कुल्चेर ज्यान गएको हो । झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए ।