
पूर्णपुष्टि, चैत १७ ।
जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले सोमबार स्थानीय तहमा बनेको करेन्टाइनको अवलोकन गरेको छ । बेलका र चौदण्डीगढी गाउँपालिका र पालिका अन्तर्गतका वडाहरुमा निर्मित करेन्टाइनहरुको अवलोकन गरेको हो ।
अवलोकनको क्रममा बेलकामा २० र चौदण्डीगढीमा ३२ वटा करेन्टाइन र ७ वटा आइसोलेशन बेडको अवलोकन गरिएको जनस्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताउनुभयो ।
बेलकाले १०÷१० वटाका दरले दुई ठाउँमा व्यवस्थितढंगको क्वारेन्टाइन निर्माण गरेको पाइएको छ । एक क्वारेन्टाइनमा महिलाकोृ छुट्टै पाँच बेडसहितको व्यवस्थित राखिएको पाइएको छ । बेडमा आवश्यक पर्ने तन्ना, सिरान, ओढ्ने, तौली, साबुन, बाल्टी लगायतका सरसफाइका सामग्री, विजुली, पंखा, चर्पी लगायतको व्यवस्था रहेको पाइएको छ ।
एक ठाउँ सेतीखोला स्थित कोशी माध्यामिक विद्यालयको एक विद्यालय भवनमा र अर्को भागलपुर गरी दुई ठाउँमा ब्यवस्थित राखिएको छ । दुबै ठाउँका लागि एम्बुलेन्स तथा स्वस्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको पालिकाले जनाएको छ ।
चौदण्डीगढी नगरपालिकाकाको ७ वटा आइसोलेशन ब्यवस्थित रहेको पाइएको छ । वडाहरुमा बनेका क्वारेन्टाइनहरु भने मापदण्डअनुरुप केही सुधार गर्न आवश्यक रहेकोे सुझाव जनस्वास्थ्य प्रमुख सुवेदीको छ ।
जनस्वस्थ्यले अन्य पालिकाका क्वारेन्टाइनहरुको समेत अवलोकन गरी मापदण्ड अनुरुप सुधारको निम्ति सिफारिस गर्ने जनाएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सबै क्षेत्र लडाइकै रुपमा डटीरहेको अवस्थामा भोलीका दिनमा संक्रमित वा संकास्पदलाई राख्न क्वारेन्टाइन आवश्यक पर्ने भएकाले सबै पालिकालाई क्वारेन्टाइन बनाउन सरकारको निर्देशन छ । सोही अनुरुप धमाधम बनाइराखिएका छन् । पछिल्लो समय बनाइएका ती क्वारेन्टाइनहरु मापदण्ड अनुरुप सुविधा सम्पन्न र व्यवस्थित हुनुपर्ने निर्देशन आएको छ । सोही अनुरुप अनुगमन गरी सुझाव दिइएको कार्यालयले जनाएको छ ।
