Friday, June 26News That Matters

जन्ती सवार टिपर दुर्घटना : उदयपुरका २ को मृत्यु, २४ घाइते

पूर्णपुष्टि, फागुन ३० ।
जन्ती बोकेको टिपर दुर्घटना हुदाँ उदयपुरका दुई युवकको अकालमै ज्यान गएको छ । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना भएको थियो । सो दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा ज्यान गएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका–५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो ।
दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।