Monday, April 20News That Matters

जबर्जस्ती यौन कार्यमा लगाएको अभियोगमा पोखराबाट २ युवक पक्राउ

पूर्णपुष्टि, कार्तिक १७
जबर्जस्ती यौन कार्यमा लगाएको अभियोगमा कास्की प्रहरीले पोखराबाट दुई युवकलाई पक्राउ गरेको छ । खाजा घरमा काम लगाउने बहानामा एक महिलालाई डर धम्की दिएर यौन व्यवसायमा लगाएको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तनहुँ, आँबुखैरेनी गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ जाल्पा रोड बस्ने २३ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका–७, घ्याल्चोक घर भई हाल पोखरा महानगरपालिका–१४, चाउथे बस्ने २६ वर्षीय विराज रानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पन्त संगीना खाजाघरका सञ्चालक हुन् । महिलालाई जबर्जस्ती मोटरसाइकलमा राखेर लगिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।