Monday, April 20News That Matters

जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामा

उदयपुर, पुस १७ गते ।

जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परेको एक तथ्यांकले देखाएको छ । उदयपुरको त्रियुगामा चेतना महिला समूह उदयपुरले गरेको एक अनुसन्धानले जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा परेको देखाएको हो ।

जलवायु, न्याय–महिला सहभागितात्मक कार्यगत अनुसन्धान, कार्यक्रमअन्र्तगत ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफीक फोरम अन ओमनको सहयोगमा चेतना महिला समुह उदयपुरले त्रियुगा नगरपालिका १ र २ को जोगिदहमा अनुसन्धान गरेको थियो ।

चुरे क्षेत्रको वढ्दो दोहन नै जिल्लाको लागि जलवायु परिवर्तनको मुख्य आधार भएको औल्याइएको छ । सामुदायिक वन क्षेत्रको अवधारण विकास भएपनि त्यसको संरक्षण नहुनु, चुरे क्षेत्र दिन दिनै मासिँदै जानुले विनास निम्त्याइएको तथ्यांकले देखाएकोछ ।

बढ्दो विनास नरोक्ने र सरोकारवालाहरुले विपद् पुर्वका योजना तर्जुमा नगर्ने हो भने अबश्था अझ भयाभय बन्दै जाने देखाएको छ । जलवायु परिवर्तनकै कारण मौसममा परिवर्तन आउने गरेको, उत्पादित कृषि बस्तुहरुमा रोग लाग्ने, समयमा नफल्ने, किरा लाग्ने, बोटविरुवाहरु मर्ने जस्ता समस्या देखा परेको मुख्य अनुसन्धानकर्ता तारा खनालले बताईन् ।

समय भन्दा अघि पछीसम्म बाढि आउनु, हावाहुरी चल्नु, खण्डबृष्टि हुने समस्या देखा परेको छ । जलवायु परिवर्तनबाट हुने विपत्तिहरुको असर महिला तथा बालबालिकामा पर्ने गरेको उनले बताईन् ।

खेतीयोग्य जमिन वगरमा परिणत हुदा उत्पादनमा ह्रास आएपछि गर्ववति, सुत्केरी भएको बेला रसायनिक युक्त खानेकुरा खान बाध्य भएकाले आकस्मिक उपचार गर्न नपाई अकालमै महिलाको ज्यान जाने गरेको तथ्यांकले देखाएको छ ।

झाडापखाला, हैजा, महामारी जस्ता समस्या प्राकृतिक विपत्तिबाट नै उब्जिएको देखाएको छ । अधिकांस पुरुषहरु कमाउनका लागि देश तथा विदेशमा जानु पर्ने र महिलाले घर सम्हालेर बस्नु पर्ने अबश्थामा विपत्तले कृषिमा विभिन्न समस्याहरु निम्त्याएको चेतना महिला समुहकाका अध्यक्ष अरुणा चौधरीलेको भनाई छ । महिला तथा बालबालिकाको शिक्षा र स्वास्थ्यमा यसले प्रत्यक्ष असर पु¥याएको चौधरीले बताईन् ।

दुई बर्ष लगाएर गरिएको अध्ययनमा संस्थाले २१ वटा महिला समुह गठन गरी पुर्वअनुसन्धान र छलफल, सरोकारवालासँग समन्वय र बैठक, जलवायु परिवर्तन प्रतिको स्थानीयसँगको बुझाई, सोधपुछ, सचेतनामुलक कार्यक्रम सञ्चालन गरी तयार पारिएको अनुसन्धानकर्ता खनालले बताईन् ।

जलवायु परिवर्तनका बारेमा थाहै छैन् भन्नेको संख्या ५ प्रतिशत, भगवानकोकारण विपत्ति आईलागेको भन्ने २६ र मानविय गतिबिधि मुख्य कारकको संख्या ६९ प्रतिशत रहेको जनाइएको छ । भौगोलिक अबश्था, समुचित बाँधको अभाव, खोलाकिनारा चरिचरण बन्द नहुनु, लामो समय खडेरी पर्नु बाढिको जोखिम बढ्नु भएको खनालले बताईन् ।