
पूर्णपुष्टि, माघ ७
रुपन्देहीमा एक युवाको जलाएर हत्या भएको छ । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा युवाको शव भेटिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।
हत्या भएको पुरुषको सनाखत नभएको प्रहरीले जनाएको छ । हत्या हुने पुरुष अन्दाजी ३५ वर्षको रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएकोे छ । घटनामा संलग्नलाई पक्ता लगाउन नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रवक्ता थापाले बताउनभयो ।
