
पूर्णपुष्टि कात्तिक ६
मोरङमा जबरजस्ती करणीका फरार प्रतिबादीहरु पक्राउ गरेका छन् ।
२०७६ साल साउन १५ गते १३ बर्षीया बालिका र १९ बर्षीया युवतीलाई बलात्कार गरी फरार भएका नपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल र २३ बर्षीय मन्जित मण्डललाई प्रहरीले पक्राउ गरको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गाँउ घरमै लुकिछिपि बसिरहको अवश्थामा पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाईएको पनि उक्त कार्यालयले जनाएको छ ।
