Thursday, July 2News That Matters

जाडोबाट बच्न आगो ताप्ने क्रममा जलेर १ वृद्धाको मृत्यु

पूर्णपुष्टि,माघ २३

सप्तरीमा जाडोबाट बच्न आगो ताप्ने क्रममा जलेर १ वृद्धाको मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका–२ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो ।

हिजो राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगो लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लहान लगिए पनि आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।