Wednesday, May 27News That Matters

जापनीज सहयोगमा निर्मित आँखा अस्पतालको भवन हस्तान्तरण

उदयपुर, फागुन १६ गते । 

उदयपुरमा जापान सरकारको सहयोगमा निर्माण भएको आँखा अस्पतालको भवन हस्तान्तरण भएको छ । नेपालका लागी जापनीज राजदुत मिसा मिची र्साइगोले सुविधा सम्पन्न भवनको चावी शुक्रबार नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष भागवत राउतलाई हस्तान्तरण गरेको हो ।

२०७५ पुस १३ गते नेत्र ज्योति संघ र दुतावास विच भएको सम्झौता अनुसार भवनको काम सम्पन्न भईसकेकाले एक कार्यक्रमको हस्तान्तरण गरेको नेत्र ज्योती संघले जनाएको छ ।

तीन तलाका ४२ वटा कोठा रहेको भवन राजदुतावास, नेपाल सरकार र अन्य निकाय गरी एक करोड ९७ लाख ३४ हजार लागतमा निर्माण भएको हो । जापनीज दुताबासको ८१ हजार एक सय ९२ अमेरिकन डलर अर्थात नेपालीमा करिब ९१ लाख ३४ हजार रुपैयाँ सहयोग रहेको थियो ।

दुतावासको सहयोगमा निर्माण भएका भन्दा थप माथिल्लो दुई तला निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ५० लाख, संविधान सभा सदस्य एवंम पुर्वसहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरीले निर्वाचन क्षेत्र विकास कोष अन्र्तगत ४० लाख, नेत्र ज्योति संघ केन्द्रिय कार्यालयको १५ लाख सहयोगमा भवन निर्माण भएको नेत्र ज्योती संघ उदयपुरका अध्यक्ष राउतले बताए ।

दुतावासको सहयोगमा निर्माण कार्य सम्पन्न भईसकेको अस्पतालको भूँई तलापछि बाँकी रहेको अन्य तलाहरु चाँडै सम्पन्न गरी अप्रेसनको कार्य थाल्ने अध्यक्ष राउतले बताए । सुविधा सम्पन्न अस्पतालबाट प्रभावकारी सेवा प्रवाह तत्कालै हुने भएकाले बाहिर जानु पर्ने बाध्यता चाँडै हट्ने उनले बताए ।

उदयपुर जिल्ला तराई क्षेत्र र पहाडी क्षेत्र जोड्ने एउटा गन्तब्य बन्ने राजदुत साईगोले बताए । आँखा अस्पताल नभएकाले छिमेकी जिल्ला खोटाङ्, ओखलढुङ्गा लगायतका जिल्लाका विरामीहरु पनि आउँछ भनेको सुनेको उनले बताए । यस अस्पतालबाट धेरै जनताहरुले प्रभावकारी सेवा लिएमा खुसी हुने उनले बताए ।

जिल्लामा दोस्रो पटक आएका राजदुत साईगोले ३० वर्ष पहिला जापान सरकारको सहयोगमा निर्माण भएको उदयपुर सिमेन्ट उद्योगले अहिले पनि राम्रो उत्पादन दिदै आए जस्तै अस्पतललाई पनि लोकप्रिय बनाउने आशा लिएको राजदुत साईगोले बताए ।

मानिसको सवै भन्दा महत्वपूर्ण अंगको रुपमा रहेको आँखाको उपचारको लागि निर्माण भएको अस्पतालले सवैमा खुसी छर्ने संविधान सभा सदस्य तथा पूर्व सहरी राज्य मन्त्रि मन्जुकुमारी चौधरीले बताईन् । आँखाको उपचार गर्न बाहिर जानु पर्ने बाध्यता यस अस्पतालले हटाउने उनले बताईन् ।

प्राकृतिक स्रोत साधनले सम्पन्न भएपनि आवश्यक भौतिक पूर्वधारको निर्माण गर्न बाँकी रहेकाले राम्रो काममा सवै एक जुट भएर लाग्नु पर्ने पूर्व मन्त्रि चौधरीले बताईन् । उदयपुरबासी मात्रै नभई छिमेकी जिल्लाबासीहरुलेसमेत प्रभावकारी सेवा सुविधा  पाउने उनले बताईन् । बाँकी तला पनि चाँडै सम्पन्न हुने आशा लिएको उनीले बताईन् ।

स्रोत साधन र डक्टरको व्यावस्थापन गर्न सके मात्रै जिल्लाबासीहरुले बाहिर जानु पर्ने समस्या हट्ने संविधान सभा सदस्य मोहन खत्रिले बताए । अस्पताल प्रति साथ साहयोगको लागि सधै तत्पर रहेको उनले बताए । एक्लैले कहि कुरा पनि सम्भव नभएकाले सवै मिलेर लाग्नु पर्ने उनले बताए ।

आफैले निर्माण गर्नु पर्ने कुरा छिमेकी राष्ट्रको सहयोगमा निर्माण भएको छ । एउटा जिल्लाकै महत्व पूर्ण अस्पतालको निर्माण भएकाले यसमा सवै खुसी भएको त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीले बताईन् । अस्पताललाई नगरपालिकाको तर्फबाट साथ सहयोग गर्न कुनै कन्जुसाई नहुने उनले बताईन् ।

सन् १९८१ म एक सय भित्र एक जना आँखा रोगी हुन्थ्यो भने अहिले साढे तीन सयमा एक जना मात्रै विरामी हुने गरेको नेत्र ज्योती संघ केन्द्रिय अध्यक्ष चेतबहादुर पन्तले बताए । ९० प्रतिशत आँखा रोगी ठिक गर्दै नेपाल दक्षिण एसियाकै अग्र स्थानमा रहेको उनले बताए ।

जपानले नेपाललाई ठूलो सहयोग गरेको छ । भौतिक पूर्वधारदेखि शिक्षा, स्वास्थ्यमा ठूलो सहयोग रहेको अध्यक्ष पन्तले बताए ।

फोटो फिचर