
पूर्णपुष्टि, बैशाख ८ गते ।
जाल्पा एकिकृत विकास समाजले क्वारेन्टाईनको सहयोग सामाग्री त्रियुगा नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगर भित्र रहेको क्वारेन्टाईनका लागी आवश्यक चार सय ५३ थान सहयोग सामाग्री जाल्पाले सोमबार नगरलाई हस्तान्तरण गरेको हो ।
जाल्पा एकिकृत विपद् व्यावस्थापन परियोजना अन्र्तगत सहयोग सामाग्री हस्तान्तरण गरेको जनाएको छ । ब्लाङ्केट ७०, झुल ३५, त्रिपाल ७०, डोरी ७०, ऊनी कम्बल ७०, प्लाष्टिक म्याप २६, बाल्टिन ३७ र जर्किन ७४ थान क्वारेन्टाईनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको जाल्पाले जनाएको छ ।
जिल्लाका सवै पालिकाहरुमा रहेको क्वारेन्टाईनमा आवश्यक सामाग्री वितरण गर्ने लक्ष्य रहेको जाल्पाले जनाएको छ । स्थापना भएको क्वारेन्टाईनलाई थप ब्यावस्थित बनाउने उद्देश्यले सामाग्री सहयोग गरेको जनाईएको छ ।

