Sunday, May 17News That Matters

जिप भीरबाट ५० मिटर तल खस्दा चालकको मृत्यु

पूर्णपुष्टि, जेष्ठ २७ अघौखाँचीमा जीप भीरबाट खस्दा चालको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–९ तारिकेमा आज बिहान ९ बजेको समयमा सवारी दुर्घटना चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटना स्थलमै ज्यान गएको हो । लु १ च ६१६८ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालक नेपालीको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जिपमा सवार चालक मात्र रहेको र करिब ५० मिटर तल जिप खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले बताउनुभयो । दुर्घटनाको कारण नखुलेको निरिक्षक खनालले बताउनुभयो ।