
उदयपुर/बैशाख, ५
जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा लक डाउनको प्रभावकारीता देखिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले चरबद्ध रुपमा थप हुदै आएको लकडाउनको प्रभावकारी पनि त्यसरीनै बढ्दै गएको बताउनुभयो ।
पहाडीले पहिले जनताहरुले यसको पालनामा उत्ति चासो नदेखाएपनि विश्वमा संक्रमण कोरोनाको अवस्था र नेपालको स्थितिलाई नियालेर यसको पालनामा नागरिकहरुले औचित्यता देखाएको बताउनुभयो ।
धेरै जसो नागरिकहरुले कोरोनालाई गम्भिर रुपले लिएर सतर्कतामा रहेकाले पनि लकडाउनको प्रभावकारीमा प्रशासनलाई सहज भएको उहाँले बताउनुभयो । उहाँले २१ औँ शताव्तीको मानिसहरु आफैमा सचेत हुनकाकारण पनि यसको प्रभाव बढेको उहाँको बुझाई छ ।
पहाडीले नागरिकहरुले लकडाउन थप हुदै जादा कष्ठ जिन्दागीको सामना गर्दै भएपनि यसको पालना गर्दै आएको बताउनुभयो । उहाँले देशमा रहेका सबै क्षेत्रका सम्बन्धित निकायहरु राजनिति दल, नागरिक, प्रतिनिधि, औद्योगिक व्यवसायीक, व्यापारीले समेत यसमा पूर्ण सहयोग गरेको बताउनुभयो ।
उहाँले अत्याआवश्यक वस्तु, काम, व्यक्तिहरुलाई प्रशासनले सहजता अपनाउने काम गरेको पनि जानकारी दिनुभयो । खेतीपाती, आपूर्ति, खाद्यन्न जस्ता क्षेत्रहरुलाई भिँडभाँड रहित वातावरणमा काम गर्न पनि जानकारी दिनुभयो ।
उहाँले विश्व माहामारी भाइरस बाट बच्न सरकारले लगाएको लकडाउनलाई पालना गर्नु नै जनताहरुको प्रशासनलाई उच्च सहयोग बताउँदै यसको कार्यन्वयनमा आग्रह गर्नुभएको छ । उहाँले मान्छेको आआफ्नै समस्याका कारण छिटफुट घटनाहरु आइपरेको पनि बताउनु भयो । त्यस्तो घटनालाई प्रशासनले समधानको पक्षमा सहज गराएको उहाँको भनाइ छ ।
कोही मानिसहरु खराब प्रकृति र अबुझ खालको पनि पाइने गरेको बताउँदै त्यस्तो व्यक्तिहरुलाई प्रशासनले सम्झाउने बुझाउने नियन्त्रणमा लिएको पनि बताउनुभयो । लामो समयको लकडाउनमा पनि छिटफुट घटनाहरु मात्रै हुनु भनेको स्वाभाविक रुपमा रहेको उहाँको बुझाई छ ।
प्रमुख पहाडीले आउने समयको अवस्था सँगै यसको भावी योजनाको अवधारणाहरु पनि तयार गरिने र संक्रमणलाई नियन्त्रण तर्फ प्रशासनले जनताहरुलाई सुचित गराउने कुरामा लागि पर्ने जनाउनुभयो ।
भिडियो हेर्न यो लिंकमा जानुहोला ।
https://www.facebook.com/Purnapusti420730/videos/2642582022693666/
