Wednesday, April 22News That Matters

जिससको गाडीले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु

सुनसरी, कात्तिक २७ गते । 

सुनसरीको कोशी कटानमा जिल्ला समन्वय समिति उदयपुरको गाडीले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–४ को कोशी कटानमा विपरित दिसाबाट आएका मोटरसाईकललाई गाडीले ठक्कर दिदा दिपेश मुखिया सुनुवार र योगेश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको स १ झ २६८ नम्बरको जिससको गाडीले विपरीत दिशाबाट आएका को ३० प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र मोटरसाईकलमा पछाडी सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका झापा दमक नगरपालिका–१० निबासी २९ वर्षीय सुनुवार विराटनगरको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो भने उक्त निबासी ३० वर्षीय धिमालको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीका प्रहरी कार्यालयले जनाएको छ ।