
पूर्णपुष्टि, भदौ २६
डोटीको पूर्वीचौँकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन ।
भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयबासी चढेको से १ ज १० ६६ नम्बरको जीप दुर्घटना हुदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थामा रहेका दुई जनासहित केहीलाई उपचारको लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

