
पूर्णपुष्टि,जेष्ठ ७ । गाईघाटमा अवस्थित जीवन लघुवित्त संस्थामा भएको प्रदर्शनकारी र प्रहरी बिच भएको झडपमा परी घाईते भएका ३ प्रदर्शनकारीको पहिचान खुलेको छ । आईतबार लघुवित्त बिरुद्ध संघर्ष समिति र प्रहरीबीच झडप हुँदा त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका २७ वर्षीय देबिका राईलाई सामान्य पेटमा चोट लागेको छ । यता मोरङ जिल्ला बेल्वारी–४,मा बस्ने ४४ वर्षीय ललिता देवी खवासको हातमा सामान्य चोटपक लागेको छ । साथै त्रिनपा ७ का ३६ वर्षीय धन कुमार मोतेको झडपको क्रममा टाउँको सामान्य चोट लागेको जनाएको छ ।
संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जिवन लघुवित संस्थका प्रमुख विकाश साहाले पत्र लिनुका सट्टा उल्टै कागज च्यातेर डस्विनमा फालेको र गाली गर्दै पठाएको जनाए । सोही विषयमा संघर्ष समितिले बिहान बाटै जिवन लघुवित्त संस्थामा बिरोध गर्दै आएका थिए । यसै बिच अचानक ढुँगा हानाहान हुँदा प्रदर्शनकारीहरु घाईते भएको अध्यक्ष राईले जनाए । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलका अनुसार तीन प्रदर्शनकारीहरु सहित केही प्रहरी पनि घाईते भएको जनाए । नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट पनि घाईते भएको एसपी फुँयाललको भनाई छ ।
