
पूर्णपुष्टि, जेठ ४ गते ।
इटली सरकारले जुन महिनादेखि विदेश जान र आउनका लागी अनुमति दिने घोषणा गरेको छ । इटली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाउने इटालीको मन्त्रिपरिषद्को निर्णयले गरेको जनाईएको छ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइने पनि जनाईएको छ ।
मे १८ मा अन्त्य हुनेगरी ईटालीले अवागमनमा प्रतिबन्ध लगाइएको छ । युरोपमा फैलिएको कोरोना भाइरसको प्रकोपको केन्द्रबिन्दु ईटाली बनेको थियो ।
संक्रमण नियन्त्रणका लागि युरोपमा सबैभन्दा कडा अनावश्यक यात्रामा प्रतिबन्ध लगाउँदै आन्तरिक तथा बाह्य सिमाना बन्द गरेको थियो ।
सुरूमा यस निर्णय प्रति यूरोपेली देशहरूले आलोचना गरेपनि इटलीले लकडाउन नै संक्रमण रोक्ने उत्तम उपाय रहेको ठहर गर्दै लामो समयसम्म आवागमन तथा व्यापारिक गतिविधिमा समेत रोक लगाएको थियो ।
इटालीले पहिलो पटक मार्च १० मा लागू भएको घरेलु लकडाउनका सर्तहरू बिस्तारै सहज गर्दै गएको छ । जुन ३ को परिवर्तन अन्तर्राष्ट्रिय आवागमनलाई खुलाउने पहिलो कदम हुनेछ ।
अहिलेसम्म ईटालीमा २ लाख २४ हजार ७ सय ६० जना संक्रमित भएका छन् भने ३१ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ । १ लाख २२ हजार ८ सय १० जना उपचारपछि निको भएरका छन् ।
