
पूर्णपुष्टि, जेठ १७ ।
सरकारले लकडाउन थप्ने निर्णय लिएकाे छ । जारि लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय लिएको हाे । शनिबार साँझ मन्त्रिपरिषद्काे बैठकले लकडाउन १२ दिन थप गर्ने निर्णय गरेकाे हाे ।
पछिल्लाे समयमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि लकडाउन थप्ने सरकारकाे निर्णय भएकाे हाे ।
परिस्थिति हेरि कुनै क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्ने जनाईएकाे छ । सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तराष्ट्रिय उडान बन्द राख्ने पनि निर्णय गरेको छ ।
