Wednesday, April 22News That Matters

जेनजी आन्दोलन : मृतकको संख्या ३४ पुग्यो

पूर्णपुष्टि, भदौ २६ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशभरका विभिन्न अस्पतालहरूबाट प्राप्त तथ्यांक अनुसार ३४ जनाको मृत्यु भएको हो ।

काठमाडौंको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३ जना, फ्रन्टलाइन अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पताल, बिर्तासिटी अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएका छन् ।