
पूर्णपुष्टि/गाईघाट, असोज ३ । जनेजी प्रदर्शनको क्रममा उदयपुरको त्रियुगा नगरपालिकामा तोडफोड र आगजनी हुँदा कार्यालय बोर्डविहिन बनेको थियो । हिजो बोर्डविनै सञ्चालन भएको नगरपालिकाले आजदेखि बोर्डको ब्यवस्था गरेर राखेको छ ।
प्रदर्शनकारीले तोडफोड गरेको बोर्ड मर्मत गरी आज राखिएको पालिकाले जनाएको छ । गत भदौ २४ गते प्रदर्शनकारीले पालिका तोडफोड र आगजनी गरेपछि नगरपालिकाको सेवा स्थगित भई हिजोदेखि सञ्चालनमा आएको छ । आज संविधान दिवसको सार्बजनिक विदा परेको छ । भोली शनिबार विदा परेको छ । पर्सी आइतबारदेखि निरन्तर सेवा सञ्चालन हुने जनाइएको छ ।
