
पूर्णपुष्टि/उदयपुर, कार्तिक २ ।
एलबीन फाउन्डेसनले उदयपुरका दुई जेनजी शहिद परिवारका बालबालिकालाई शिक्षाका लागि सहयोग गरेको छ । फाउन्डेशनले बेलका नगरपालिका ४ का सन्तोष विश्वकर्माको दुई छोराछोरी र चौदण्डीगढी नगरपालिका ३ का सारकुमार राईकी छोरीको शिक्षाका लागि बीस/बीस हजार आर्थिकसहित चामल, दाल, नुन, तेल लगायतका राहत सामग्री दिएको हो ।
परिवारमा मुल सहारा नै गुमेपछि परिवारमा आर्थिक तथा ब्यवहारिक बोझ बढेको छ । यस्तो बेला बालबालिकाको शिक्षामा असर नहोस् भन्ने हेतुलै दुबै जेनजी शहिद परिवारलाई सहयोग गरेको फाउण्डेशनले जनाएको छ । फाउन्डेशनले घरमै पुगेर आर्थिक तथा राहत सामग्री परिवारलाई दिएको हो ।

