Friday, May 1News That Matters

जेष्ठ नागरिकहरुलाई भत्ता लिनै सास्ती

पूर्णपुष्टि, असोज २९ ।
गाईघाटमा सामाजिक सुरक्षा भत्ता (बृद्ध) भत्ता झिक्न जेष्ठ नागरिकहरुलाई सास्ती भएको छ । दशैँको मुखमा बृद्ध बृद्धाहरुलाई बैँक बाट भत्ता उपलब्ध गाराउने काम भैरहेको छ । गाईघाटको लक्ष्मी बैँक, ग्लोवल सनराईज लगायत बैँकमा जेष्ठ नागरिकहरुको भिँडभाँड छ । उनिहरु बिहान ९ बजेदेखीनै भत्ताको लागि बैँक लाईनमा छन् । भत्ताका लागि त्रियुगा नगर लगायत अन्य ठाउँबाट पनि उपस्थित भएका छन् । कतिपय बिरामी, अशक्तहरु समेत भत्ताका लागि आएका छन् ।