
पूर्णपुष्टि, भदौ २५
संखुवासभामा जेसिबी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मकालु गाउँपालिका–३ समटार स्थित निर्माणाधिन खाँदवारी किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रसन कम्पनीको जेसिबी दुर्घटना हुँदा खाँवारी नगरपालिका–६ माथिल्लो पाङठाका २४ वर्षीय श्याम बि.क. को ज्यान गएको हो ।
हिजो दिउसो २ बजे बिकले चलाएको ज. १ क. ४१२ नम्बरको जेसिबी काम गर्ने क्रममा पल्टेर १ सय मिटर दुर्घटना हुँदा उनको घटनास्थलमै ज्यान गएको थियो । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरी शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खादबारी पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
