Tuesday, July 7News That Matters

जेसिस उदयपुरको अध्यक्षमा बिष्णु कार्की चयन

पूर्णपुष्टि, पुष २३ । उदयपुर जेसिज २०२३ को लागि बिष्णु कार्की अध्यक्षमा चयन भएको छ । शनिवार भएको १२ औँ साधारणसभा तथा शाखा अधिवेशनबाट कार्कीको नेतृत्वमा समिति गठन भएको छ । कार्कीको नेतृत्वमा अहिले एक जना कानुनी सल्लाहकार सहित १० पदाधिकारीहरु चयन भएको छ । उक्त पदाधीकारीहरुले सदस्य मनोनयन गर्ने छ । समितिको कार्यकारीणी उपाध्यक्षमा धन बहादुर कटुवाल, चेतन पोखरेल, कानूनी सल्लाहकार तारा ब. खड्का, महासचिव सुरज साह, कोषाध्यक्ष ब्रह्मदेब महतो, उपाध्यक्ष अनिता थापा, उपाध्यक्ष, सोनिका राई, उपाध्यक्ष अनवर अली, उपाध्यक्ष लिल बहादुर बस्नेत, जनसम्पर्क अधिकारी ईश्वर मान राई र सह सचिव पवन राउत चयन भएको छ ।