Thursday, May 28News That Matters

जोगीदहमा आगलागी हुदा करिब १५ लाखको क्षति

उदयपुर, चैत्र ११ गते । 

त्रियुगा नगरपालिका–१ जोगी दहमा आगलागी हुदा करिब १५ लाख बराबरको क्षती भएको छ । त्रिनपा–१ जेगीदह निबासी हर्कबहादुर बिष्टको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

हिजो दिउँसो साँढे ३ बजे घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २ तले कच्ची घर, गोठमा बाधेको बाख्रा मरे क्षती भएको प्रहरीले जनाएको छ ।

आगो प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउँसो साँढे ४ बजे नियन्त्रणमा आएको थियो भने कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।