पूर्णपुष्टि, पुष ९ । ज्योति लाईफ इन्स्योरेन्स गाईघाट शाखाले मृत परिवारलाई मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शनिवार कम्पनीले त्रियुगा नगरपालिका–४, बगाह निवासी स्वः चित्र कुमारी चौधरी लिम्बुका परिवारलाई ६० लाख बराबरको मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका कर्मचारीहरुले घरमै पुगी मृतकका श्रीमान सुनिल कुमार चौधरी र छोरा समरद्धिप चौधरीलाई ६० लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । शाखाका स्टार एजेन्सी म्यानेजर, एजेन्सी कर्मचारीहरु र नगरप्रमुख बसन्त बस्नेत साथै वडाध्यक्ष बद्री बस्नेत लगाएतले संयुक्त चेक हस्तान्तरण गरेका थिए ।

३१ बर्षिया मृतक चित्र कुमारी चौधरीको गत अशोज १५ गते आफ्नै पसल ग्यालेक्सी सप्लायर्स एण्ड ट्रेडर्समा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको परिवार श्रोतले बताए । मृतक चौधरीले ज्योति लाईफ इन्स्योरेन्समा ३ महिना अघि मात्रै ३० लाख बरावरको जिवन बिमा गरेकी थिईन् । उनले ३ महिनाको पहिलो किस्ता २ लाख ७ सय २५ रुपौँया मात्रै विमा शुल्क जम्मा गरेकी थिईन् ।


