
पूर्णपुष्टि,चैत्र १४ । उदयपुरको कटारीमा अवस्थित ज्योती विकास वैंक शाखाले कटारीका बिभिन्न तीन स्थानमा महत्वपूर्ण चेतनामुलक होर्डिङ्गवोर्ड राखेको छ । शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बजारको सिमसार र मदन भण्डारी राजमार्गको दुई स्थानमा गरी ३ स्थानमा वोर्डहरु राखेको हो ।
कटारीका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र झल्काउने वोर्ड र कटारी नगरपालिका–३, को वसपार्कसँगैको मदनभण्डारी राजमार्ग छेउमा राखिएको ज्योती विकास वैंकका शाखा प्रमुख राम आचार्यले बताए । उनका अनुसार कटारी ५ को सिमसारमा सिमसार पर्यटन समिति र वसपार्क नजिकै कटारी वडा नम्बर ३ र ट्राफिक प्रहरी पोष्ट कटारीको सहकार्यमा वोर्ड राखिएको हो ।
त्यसैगरी मदनभण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिएको कटारी ३ र ५ को सिमाना राधाकृष्ण मन्दिर नजिक स्थल पहिचान गर्ने वा दिशा देखाउने वोर्ड राखिएको छ । उक्त क्षेत्रमा हिंड्ने विभिन्न सवारीसाधनहरुले आफ्नो गन्तव्य दिशा निर्देश नपाउँदा समस्या हुने गरेको थियो ।
विशेष गरी कटारीको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्येश्य र आउजाउ गर्ने सवारीसाधनहरुलाई दिशा निर्देश गर्न वोर्ड राखिएको पनि वैंकका कटारी प्रमुख आचार्यले बताउनुभयो । यस अघि वैंकले यस अघि कटारी ३ को महादेव गुफा जाने बाटोमा पनि दिशा निर्देश गर्ने वोर्ड राखेको थियो ।
