Monday, June 22News That Matters

ज्वरो र रुघाखोकी लागेका एउटै गाउँका ४ बिरामीको मृत्यु

पूर्णपुष्टि, बैशाख २१

सर्लाहीमा ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु भएको छ । कोरोना सँग  मिल्दो लक्षण देखिएको एकै गाउँका उनिहरुको शनिवार र आईतबार मृत्यु भएको हो । मृत्यु  पछि उनीहरुको अन्तिम संस्कार गरिसकिएका कारण स्वाब संकलन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण नायकले बताउनुभयो ।

भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिनुभयो ।

प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ । तीन जनाको गाउँमै र एक जनाको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको उनले बताए ।