
पूर्णपुष्टि, जेष्ठ ३१
झापा र ईलाममा लागुऔष्ध ब्राउन सुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एक जना र ईलामका चाँर जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आईतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका–३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरिएको हो ।
त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका–४ शंकरगाउँ स्थितबाट लागुऔषध ब्राउन सुगर ५ ग्रामसहित सोही नगरका वडा नं. ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही नगरका वडा नं. १ का २२ वर्षीय रुपेश कुमार खत्री र सोही नगरका वडा नं. ३ का २३ वर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनिहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
