
पूर्णपुष्टि,पुष २२
झापाको मेचीनगर नगरपालिका–१० धुलावारीबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–१० का ३२ बर्षीय मो.मुस्ताफालाई लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजेको समयमा मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध प्रहरीले नियन्त्रमा लिएको हो ।
पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
