Monday, June 1News That Matters

झापाको सडक किनारमा एक युवती मृत फेला

पूर्णपुष्टि, असार २८

झापाको सडक किनारमा एक युवती मृत अवस्थामा फेला परेको छ । बिर्तामोड नगरपालिका–५ बस्ने २६ वर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको हो ।

आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताउनुभयो ।

बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।