Tuesday, July 7News That Matters

झापाबाट लागुऔषध सहित २ जना पक्राउ

पूर्णपुष्टि, पुष २५ गते ।
झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ बर्षीय ओम पोर्तेल र २२ बर्षीय महमद सवर अन्सारी रहेका छन् ।

हिजो दिउसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–७ स्थित चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोईन १ ग्राम सहित पोर्तेलाई नियन्त्रणमा लिएको हो ।

त्यसै गरि हिजो अपरान्ह ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका–४ स्थित चेकजाँच गर्ने क्रममा ब्राउन सुगर १६ ग्राम ६ सय मिलिग्राम सहित अन्सारीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।