
पूर्णपुष्टि,चैत १२
आज सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव भेटिएको छ । मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा भेटिएको हो ।
रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा फेला परेको सर्लाहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
