
पूर्णपुष्टि, साउन १४
खोलामा टाउको नभएको शव सडेको अवस्थामा फेला परेको छ । महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँमा रातु खोलाको किनारमा पानीमा तैरिरहेको अवस्थामा आधा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो ।
शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ । प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
