Friday, May 15News That Matters

टिकटकमा भाईरल भएकी बिनुको विवाह उदयपुरे युवासँग

पूर्णपुष्टि, माघ १४
पछिल्लो समय टिकटकमा निकैनै रुचाएकी बिनु अधिकारीको विवाह उदयपुरे युवासँग भएको छ । टीकटकमा लाखौ फलोअर्स भएको बिनुको विवाह जिल्लाको बेलका नगरपालिका–४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीसँग भएको हो ।
झापा स्थायी घर भएकी बिनुले पराजुलीलाई पतिको रुपमा रोजेकी छिन् । स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए ।
राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो ।
अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् ।
कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ ।
सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् ।
पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स्थानीय कम्पनी तथा व्यवसायिक क्षेत्रले आफ्नो व्यवसाय प्रबद्र्धनका लागि विज्ञापन समेत गर्ने गरेका छन् ।