Wednesday, June 10News That Matters

टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु

पूर्णपुष्टि, जेठ ९
मोरङको बेलावारी नगरपालिका–५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका चालक सुन्दरहरैचा नगरपालिका–८ सलकपुरका ३० बर्षीय नगेन्द्र कार्की रहेका छन ।

आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुन गई करेन्ट लाग्दा कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।