
पुर्णपुष्टि, चैत ९ टिपरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । कटहरी गाउँपालिका–२ मा बसोबास गर्ने ३६ बर्षीय बच्चु डुमको मृत्यु भएको हो । आईतवार बेलुका साँढे ५ बजे मोरङ कटहरी गाउँपालिका–३ मा को १ ख ४७८३ नम्बरको टिपरले ठक्कर दिँदा साईकल यात्रीको गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका डुमको कोशि अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई पक्राउ गरेर यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
